काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले धेरै पर्यटक भित्र्याउन नयाँ गन्तब्य खोजिने कार्य भैरहेको बताएका छन् । बिहिबार काठमाडौँमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औं वार्षिक साधारणलाई सम्बोधन गर्दै मन्त्री तामाङले सो कुरा बताएका हुन ।
यस वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताउँदै उनले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटन प्रबर्द्धन गर्न सकिने धारणा राखे । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएको र सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङ्को भनाई छ । उनले निजी क्षेत्रसँग सहकार्य गरेर इको हिल स्टेसन संचालन गर्न सरकारले तयारी गरिरहेको बताउंदै गर्मी छल्न बिशेष गरि नेपालका तराईका बासिन्दा र भारतीय पर्यटकका लागि आफ्नो रोजाई अनुसारको मज्जा लिएर रमाउन सकिने धारणा राखे । कयौ मनमोहक बनाउने सुन्दर ताल र हिमश्रृंखलाहरु नेपालमा रहेको भन्दै उनले शान्तिको प्रतिक भगवान गौतम बुद्ध (लुम्बिनी),पशुपतिनाथ,मुक्तिनाथ लगायत कयौं धार्मिकस्थल पर्यटनको राम्रो गन्तब्य हुनसक्ने धारणा राखे ।
सरकारले यस क्षेत्रको बिकासको लागि पहिले लगाउंदै आएको भ्याट र केहि कर हटाउने काम भैरहेको र यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने बिश्वास सरकारले लिएको उनको भनाई छ । बिश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सुचिमा पर्ने हुँदा अब पुरानो गन्तब्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तब्यमा पूर्वाधार निर्माणको काम सुरु भैसकेको उनले बताए । उनले भने यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको छ । पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने उनले बताए ।
काठमाडौंमा दुई दिनसम्म चलेको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५ औं वार्षिक साधारणबाट नयाँ कार्यसमिति चयन भएको छ । बिहिबार भएको सभाले खेमराज लखाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ भने उनीहरुको कार्यकाल २ वर्षको हुनेछ । पाटाले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको हिमालयन ट्राभल मार्ट नेपालमै गर्दै आएको छ । यस ट्राभल प्रदर्शनीमा करिब ४०-४५ देशहरूले भाग लिने गरेका छन् । यस कार्यक्रममा विदेशी पर्यटन विज्ञ स्रोत व्यक्तिहरू समेत नेपाल आएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३