काठमाडौं महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निणर्य गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन् ।
सोमबार नगर बजेट सार्वजनिक कार्यक्रममा एमालेका नगर सभा सदस्य पराजुलीले भने ‘हेर्दा तपाइँ स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरुले राम्रा काममा तपाइँलाई साथ दिन्छौं । अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाँही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौं । भन्दा पनि मान्नुभएन भने रामराम भन्छौं काँध थाप्दैनौं ।’
उनले अघिल्ला दिनहरुमा प्रमुख शाहलाई साथ सहयोग गरेको र आगामी दिनमा पनि राम्रा काममा निरन्तर गर्ने उल्लेख गर्दै सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने कार्य गर्न नहुनेमा जोड दिए । सकेसम्म नगरका निणर्य प्रकृयामा सर्वसम्मतीमा जानुपर्ने उनको धारणा छ ।
केही दिन बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न तोकिएको समयलाई लिएर नगरप्रमुख बालेन शाहले सामाजिक सञ्जालबाट गरेको टिप्पणी गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३