Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३०, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

पर्यटकको आकर्षण गन्तव्य बागद्वार

हरिराम भेटुवाल प्रकाशित मिति: २०८१ अषाढ १२, मंगलबार (१ साल अघि)

  • ३३४ पटक पढिएको
  • हरिराम भेटुवाल
    काठमाडौंँ, १० असार । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित बागद्वार पर्यटनको आकर्षण गन्तव्य बन्दै गएको छ ।

    हरेक वर्ष चैत महिनाको अन्तिम दिन र नयाँ वर्षको प्राररम्भमा मेला लाग्ने सो स्थानमा शनिबार तथा विभिन्न सार्वजनिक बिदा तथा आफूलाई अनुकूल हुने समयमा आन्तरिक तथा बाह्य पर्यटकहरू पदयात्रा गर्न जान्छन् । रमणीय समशीतोष्ण हावापानी भएको पवित्र धार्मिकस्थल वाग्द्वार समुद्री सतहबाट दुई हजार चार सय ९० मिटरका उचाइमा रहेको छ ।

     

    पवित्र बागमती नदीको उद्गमस्थल तथा मुहान वाग्द्वारबाट कलकल बगेको पानी पिउनाले शिवपुरी क्षेत्र पुग्ने जो कोही पनि थकाइ मेटेर आनन्द अनुभूति गर्ने गर्छ । बुढानिलकण्ठ मन्दिरबाट चार घन्टा उत्तर पदयात्रा गरेपछि पवित्र धार्मिकस्थल वाग्द्वार पुगिन्छ ।

    सत्ययुगमा कुनै बेला कैलाशपति शिवले देवताहरूका सभामा कुनै प्रसङ्गमा हाँसो थाम्न नसकेर मुख (वाक्) बाट पानी निस्केर बगेको नदी नै वाग्मती बनेर बगेको हिमवत्खण्डमा वर्णन पाइन्छ । वाग्द्वारमा पूजा गरी बस्ने ऋषि सत्यानन्द शिवाचार्य ‘वाग्द्वार बाबा’ हिरण्यकशिपुपलाई बध गरी शीतलता खोज्दै आउने क्रममा नरसिंहावतार विष्णु बसेका स्थान भएकाले शिवपुरी क्षेत्रलाई मृगेन्द्रशिखर पनि भनिने बताउनुहुन्छ ।

    बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिका मिलेर विभिन्न भौतिक संरचना बनाएको जनाउँदै बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा आगामी बजेटमा सो स्थलको विकासका लागि के गर्न सकिन्छ भनी आफूहरू पदयात्रामा गएको जानकारी दिनुभयो ।
    काठमाडौंँ उपत्यकाबाट हरियाली दृश्य देखिने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको हावापानी, भूबनोट तथा जैविक विविधताले जसलाई पनि मनमोहित बनाउँछ ।

     

    शिवपुरी काठमाडौंँको खानेपानी आपूर्तिको मुख्य क्षेत्र हो । दुई हजार ७३२ मिटर उचाइको शिवपुरी पिक रहेको छ। जङ्गलयुक्त शिवपुरी क्षेत्र काठमाडौँ उपत्यकावासीको फोक्सो नै मानिन्छ । वागद्वार जाने बाटामा देखिन विभिन्न वनस्पति र हरियाली वातावरणले शीतलता प्रदान गर्छ । निकुञ्जमा चराचुरुङ्गी तथा बँदेल, वानर, ध्वाँसे चितुवा, जङ्गली बिरालो आदि पाइन्छ ।

    शिवपुरी क्षेत्रमा तिन सय १८ किसिमका चरा, एक सय दुई किसिमका पुतली र एक सय २९ किसिमका च्याउ पाइने निकुञ्जको वइभसाइटमा बताइएको छ । निकुञ्जभित्र जामाचो, वाग्द्वार, विष्णुदार, तारेभिर, नागी गुम्बा, तारकेश्वर आदि विभिन्न प्राकृतिक, धार्मिक तीर्थस्थल छन् । निकुञ्जमा नौ वर्ष काम गर्नुभएका पूर्वसिनियर गेमस्काउट केशवराज भेटवाल ऋर्षिमहर्षि, ज्ञानी, सन्तहरूले तपस्या गरेको ठाउँ शिवपुरी पर्यावरण र पर्यटनका हिसाबले महत्त्वपूर्ण स्थान रहेको जानकारी दिनुभयो । यहाँको फोहरमैला र पदमार्ग व्यवस्थापनमा निकुञ्जको ध्यान जानुपर्ने बताउनु भयो । उहाँका अनुसार लाङ्टाङ, दोर्जेलाक्पा, याङ्ग्री, गोसाईँकुण्ड र सूर्यकुण्डको चुचुरो र काठमाडौँ उपत्यकाका अवलोकनका लागि त्यहाँ दृश्यावलोकनस्तम्भ निर्माण गर्नुपर्छ ।

    पदयात्राका क्रममा भेटिनुभएका नेकपा (एमाले) काठमाडौँका अध्यक्ष दीपक निरौलाले सिङ्गो काठमाडौँलाई जीवन्त बनाउने शिवपुरी क्षेत्रको जगेर्ना गर्न र स्वच्छ बनाउन हरेक क्षेत्रबाट संयुक्त काम हुनुपर्नेमा जोड दिनुभयो । बूढानिलकण्ठ क्षेत्रमा पत्रकारिता गरिरहनुभएका पत्रकार पुण्यराज पुडासैनी बुढानिलकण्ठ नगरपालिकाको शिरमा रहेको पावन शिवपुरी पर्वत र त्यसको मुटुमा रहेको वाग्द्वारको प्रवद्र्धनले नगरको पर्यटन विकासमा भूमिका खेल्न सक्ने बताउँदै देशविदेशका पर्यटकको आकर्षण वाग्द्वारको विकास विशेष योजना निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

     

    हरेक महिना उहाँ र अर्का पत्रकार आशिष गुरागाईँले पदयात्रामार्फत ‘बुस्टिङ बुढानिलकण्ठ’ अभियान चलाइरहनुभएको छ । सो अभियानअन्तर्गत गत वर्ष चैतको अन्त्यमा पत्रकार र वैशाखमा प्रधानाध्यापकहरूको पदयात्रा सम्पन्न भइसकेको र यही असारको अन्तिम हप्तामा उद्योग –व्यवसायीसम्मिलित पदयात्रा आयोजना गरिने बताइएको छ । बुढानिलकण्ठका विभिन्न धार्मिक तथा पर्यटकीयस्थललाई परिचित गराउने उद्देश्यले नागरिकस्तरमा कुनै सङ्घसंस्थासँग पनि आर्थिक–भौतिक सहयोग नलिई पदयात्रा कार्यक्रम आयोजना गरिएको पत्रकार गुरागाईँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा
    हरप्रहर

    नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ४ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution