युएनडिपी, जिइएफ, एसजीपीको आर्थिक सहयोग स्वास्थ्य सीपमूलक शैक्षिक बिकास केन्द्र पाल्पाको आयोजनामा जिविकोपार्जनका लागि दीगो भूसंरक्षण परियोजना रैनादेवी छहरा वार्ड नं ६ जुठापौवामा सञ्चालित रहेकाे छ ।
यो परियोजनाको मुख्य उद्देश्य यहाँका विपन्न जनतालाइ वनसंग जोडेर आयबृद्धि गर्दै भू संरक्षण गर्ने रहेको छ । २ वर्ष सम्म सञ्चालन हुने परियोजनामा जौखोरिया, पाताल तथा पाखुरे सामुदायीक वनका करिव १६० घर सामेल रहेका छन् । दलित तथा जनजातीको मात्र बसोवास रहेको यो स्थान प्रदेशको सम्पन्नता स्तरीकरणमा विपन्न बस्तीको रुपमा पर्दछ ।
वरीपरि बस्ती बिचमा लमतन्न परेको नेपाने डाडाँ दुइवटा सामुदायीक वनमा विभक्त छ । यो सामुदायीक वनमा बनमाराको झार र सामान्य बुटयान बाहेक काम लाग्ने ठूला विरुवाहरु नभएको कारण नांगो देखिन्छ ।
यसैलाइ लक्षित गरेर यो परियोजनाले यसलाइ उपभोक्ताको आम्दानी वृद्धिका लागि ४० हजार अम्रिसो, १० हजार दालचिनी तथा १० हजार टिमुर रोपण गर्ने बिच डाँडामा दुइवटा पोखरी निर्माण गर्ने गरि परियोजना बनाएको छ । यस वनका उपभोक्ताहरुलाइ आम्दानीमा जोडन पाल्पा मै पहिलो पटक बदाम खेती, अर्गानिक तरकारी खेती १५० रोपनी चक्लाबन्दी गरेर फापर खेती गर्ने र १०० रोपनी बारीमा गह्रा सुधार गर्ने १०० घरमा मातृभूमि चुल्हो निर्माण गर्ने जस्ता काम गर्ने यस परियोजनाले लक्ष बोकेर काम अगाडि बढाइ रहेको छ ।
हाल यस क्षेत्रका ६० घर किसानका बारीमा बदाम खेती गरिएको छ भने ५० घरमा किसानहरुले टनेल भित्र गोलभेडा खेती गरिरहेका छन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३