नर्सरी व्यावसायी सघद्वारा निर्मित गोकर्णेश्वर नगरपालिका ४ स्थित शहिदपार्क जगडोलमा नर्सरी बाटिका उद्घाटन भएको छ ।
सोमबार तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले बाटिकाको उदघाटन त्रिफला र हर्राबर्रोको बिरुवा रोपेर गरेका थिए । उद्घाटन गर्दै मन्त्री शाहले स्वच्छ वातावरणको लागि बृक्षारोपण अभियान देशैभर संचालन गर्न आवश्य रहेको बताए । मन्त्री शाहले नर्सरी ब्यवसायीसंघले बनाएको नर्सरी बाटीका वातावरण संरक्षणका लागि अत्यन्तै सर्हानीय कार्य रहेको बताए । भर्खरै सरकारले सुन्तलालाई राष्टिय फल घोषणा गरेको बताउदै मन्त्री शाहले सुन्तलाको बजारीकरण गर्न लागिपरेको बताए ।
नर्सरी व्यसायी संघका अध्यक्ष राम्जी तिमिल्सिनाले नर्सरी ब्यवसायको विकास र बिस्तार, स्वच्छ वातावरण सहित आय र रोजागार भन्ने संघको नारानै रहेकाले स्वच्छ वतावरण संरष्क्षणका लागि यस्ता गतिबिधिहरु गरीरहने बताए । गोकर्णेश्वर नगरपालिका ४ स्थित शहिदपार्क जगडोलमा झन्डै २ रोपनी जग्गामा बिभिन्न जडीबुटी , फल बिरुवा लगायत ३ सय बढी बिरुवाहरु रोपेको संघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३