नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ जना मन्त्रीहरूले आज शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीहरुले सपथ लिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट मन्त्रीहरु सरकारमा गएका हुन् । कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीहरु सरकारमा पठाएका छन् ।
यी हुन् ओली सरकारमा जाने २१ जना मन्त्रीहरुः
नेपाली कांग्रेस
१. प्रकाशमान सिंह– सहरी विकास
२. रमेश लेखक– गृह
३. आरजु राणा– परराष्ट्र
४. तेजुलाल चौधरी– युवा तथा खेलकुद
५. अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला
६. दीपक खड्का– ऊर्जा
७. ऐनबहादुर शाही– वन तथा वातावरण
८. प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या
९. बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१०. रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी
एमाले
१. विष्णु पौडेल– अर्थ
२. पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि
३. राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
४. विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि
५. देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
६. बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
७. दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति
८. मानवीर राई– रक्षा
जसपा
१. प्रदीप यादव– खानेपानी
२. नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
लोसपा
१. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७