आज नेप्से उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ ।
आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म्युचल फन्ड–२ को शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।
आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३