साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले बढेको छ ।बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो ।
३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ रहेको छ । सेन्सेटिभ इन्डेक्स १६ दशमलव ३७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४ दशमलव ६६ अंकले बढेको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रूपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यसअघि बुधबार नेप्से ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३