Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

नुवाकोटका पहिरो प्रभावितलाई तत्काल सुरक्षित बास र राहतको व्यवस्था गर्न सांसद तामाङकाे माग

प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (११ महिना अघि)

  • २५८ पटक पढिएको
  • काठमाडौं, ८ साउन । नुवाकोट निर्वाचन क्षेत्र नं १ का नेकपा (माओवादी केन्द्रका) सांसद हितबहादुर तामाङले नुवाकोटका पहिरो प्रभावितलाई तत्काल सुरक्षित बास र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले हालैको अविरल वर्षापछि नुवाकोटका शिवपुरी, पञ्चकन्या, दुप्चेश्वर, सूर्यगढीलगायत पालिकामा ठूलो धनजनको क्षति पुर्‍याएकोले त्यहाँका पीडितलाई राहत तथा सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन माग गर्नु भएको हो ।

    पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनुभएका सांसद तामाङले पीडितहरुलाई तत्काल सम्बन्धित तहका सरकारहरुले स्वीकृत मापदण्डअनुसार राहत वितरण, जोखिममा परेकाहरुलाई सुरक्षित ठाउँमा वैकल्पिक बासस्थानको व्यवस्था मिलाउने तथा भौतिक सम्पत्तिको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

    प्राकृतिक प्रकोपबाट क्षति पुगेका घरहरु निर्माणका लागि म्याचिङ फन्डअन्तर्गत संघीय सरकारले दिनुपर्ने बजेट नदिँदा प्रभावितका घरहरु बन्न नसकिरहेको तर्फपनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद तामाङले भन्नुभयो, “अब तुरुन्तै देशैभरिबाट हजारौँ घर बनाउनुपर्ने अवस्था सिर्जना हुनेवाला छ । जोखिममा परेका क्षति भएका घरहरुको सट्टामा पुनर्निर्माण प्राधिकरणले संघीय सरकारबाट ६५ प्रतिशत, प्रदेश सरकारबाट २०प्रतिशत र पालिकाबाट १५ प्रतिशतको म्याचिङ फण्ड गरेर ४ लाखको दरले घर निर्माण गर्न सहयोग गर्ने भन्ने छ । तर संघीय सरकारले दिनुपर्ने रकम नपठाएकोले घरहरु बन्न सकिरहेका छैनन् सरकारको त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराउँछु । ”

    साथै उहाँले आगामी वर्षदेखि राष्ट्रिय विपत न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले देशैभरिका बस्तीहरुको प्राविधिक सर्वेक्षण गरेर जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण गराउने योजना बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

    राष्ट्रिय विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई आफूले पटक पटक जिल्लाको समस्याबारे जानकारी गराउँदासमेत अटेर गरेको पनि उहाँको भनाई थियो । ” म आफैले राष्ट्रिय विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्ष पहिले नै पटक-पटक भनेको थिएँ । प्राविधिक पठायो रे भन्ने सुनेको थिएँ तर रिपोर्ट के छ कसो छ ? हामीलाई जानकारी छैन,” उहाँले थप्नुभयो, “गाउँ विपत व्यवस्थापन समिति र जिल्ला विपत् व्यवस्थापन समितिले बारम्बार सिफारिसहरु गरेका छन् तर प्रभावित क्षेत्रका नागरिकहरुलाई त्यहाँ जोखिम छ कि छैन कि कुनै प्रतिक्रिया छैन जानकारी छैन ।”

    केही दिनअघि पञ्चकन्या, शिवपुरी लगायत पहिरो प्रभावित क्षेत्र अवलोकनमा पुग्नुभएका तामाङ सोमबार जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटको बैठक उपस्थित हुनु भएको थियो । बैठकमा प्राप्त गरेको रिपोर्टका आधारमा जिल्लाको पञ्चकन्या गाउँपालिका-१ का ५५ वर्षीय अक्कलबहादुर राईको खोलाले बगाएर निधन भएको, वडा न. २को कान्ले, कोडथोक भसभसेमा पहिरोकै कारण घर जोखिममा छन् । पञ्चकन्याकै वडा नम्बर ५ को पाण्डे टोल, वैद्य टोल, दुई तले, थपलिया टोल गरी २३ घर पूरै जोखिममा रहेको विवरण उहाँले संसद्मा राख्नुभएको छ ।

    यस्तै शिवपुरी गाउँपालिका-५ को मूलाबारीमा खड्काहरुका २ घर पहिरोबाट जोखिममा, जेब्राङमा रामबहादुर घलेको पहिरोमा परेर ५ वटा खसी/बाख्रा मारेका र त्यस आसपासमा १७ घर जोखिममा छन् । चेंगेरेङका बस्तीहरु पनि जोखिममै छन् । गारेको सिरानटोलमा अमिर तामाङ समेतका घरहरु कोही लडाएका छन्, कुनै लडाउने र बगाउने अवस्थामा छन् । उक्त टोलमा १७ घर जोखिम, कुखुरेमा भिमसेन थापा र बलबहादुर भण्डारीको घर पहिरोले बगाएको र अन्य ७ घर जोखिममा रहेको समेत विवरण राख्नुभएको थियो ।

    दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को बोलुङ कटुन्चेमा गाउँको ठूलो ढुंगा लड्न खोजिरहेको र त्यो ढुंगा खसेमा १८/१९ घरमा क्षति पुर्‍याउन सक्ने, वडा न. १ कै स्योलोलो भन्ने गाउँमा जितसिङ तामाङको घर पिँढीसम्मै पहिरोले दख्खल दिएकोले ती तामाङ परिवार गाउँमा अन्तै आश्रय लिएर बसेका तथा बेलकोटगढी नगरपालिका वडा नम्बर -३ रुपिङस्थित दलित टोलमा केही घर क्षति भएको समेत सांसद तामाङले जानकारी गराउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    जानकारी सम्बन्धि थप
  • आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    हरप्रहर

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
    हरप्रहर

    करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

  • गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन
    हरप्रहर

    गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

  • आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन
    हरप्रहर

    आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution