राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको र यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जन्मजयन्तीको अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
उनले् भने,भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ । नेपाल आदिकालदेखि दक्षिण एशियामा एकमात्र स्वतन्त्र राष्ट्र रहन सफल मुलुक हो, अभिशप्त इतिहास मात्र होइन नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाईएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रुपमा राखेर विश्वमा प्रचार गर्न आवश्यक छ ।’
उहाँले वर्तमान इतिहासको जगमा उभिएको हुन्छ र, त्यही जगमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
‘हाम्रा वीर पूर्खा र अग्रजहरूकै सुझबुझपूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौ’उनले भने।
विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको उनको भनाइ थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३