नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरि राष्ट्र बैंकले तयारी गरेको छ ।
यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सत्ता समिकरण फेरबदल भएपछि स्थगित भएको थियो । मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् ।
गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७