राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको प्रमुख दायरामा आउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको बताएका हुन् ।
उनले भने, ‘यो जहाजको जुन छानविन आयोग गठन भएको छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने कुराहरु बाहिर आएका छन् , यसलाई सरकारले सुनेर छाड्ने विषय होइन, त्यो सौर्य विमान पोखरा उड्नको लागि उपयुक्त थियो की थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो चाहीँ अनुसन्धानको पहिलो दायरामा आउँछन् उनका भिनाजुलाई चाहीँ अहिले छानविन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आएको छ यो कुन प्रकारको छानविन आयोग होला ।’
उनले पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको भन्दै ध्यानाकर्षण गराए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३