उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् । सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए ।
उनले भने, ‘नेपाल सरकारको तर्फबाट तपाइँहरुको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु भएको छ । त्यसको लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नको लागि भूमिका निर्वाह गर्छु । काम र व्यवसाय गर्नेहरुलाई सजिलो होस भनेर नीतिहरु ल्याउने काम वर्तमान सरकारले गरेको छ ।’ उनले वर्तमान सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको भन्दै कुराभन्दा पनि काम गरेर देखाउने सरकारको मान्यता रहेको बताए ।
उनले भने, ‘तपाइँहरु के कुरामा ढुक्क भएर बस्नु भने अहिलेको सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको छ । धेरै कुराभन्दा पनि काम गरेर देखाउनु छ । त्यसमा सरकारले गर्नुपर्ने काम हजुरहरुले भन्नुहोला । सयकार्य गरौं ।’
यस्तै, उनले काम गर्दा भोग्नु परेको समस्याहरुलाई समय समयमा सरकारलाई जानकारी गराउनुपर्ने भन्दै एउटा कार्यक्रममा भनेर समस्या समाधान हुन्छ भन्ने सोच गलत रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३