साताको अन्तिम कारोवार दिन आज नेप्से बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव २६ अंकले बढेर २७६० दशमलव ९१ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज ३३२ कम्पनीको २ लाख ३८ हजार २ सय ७२ पटकको कारोबारमा ५ करोड ९६ लाख ७ हजार ९ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ रहेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै, ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । त्यस्तै, आज १९१ कम्पनीको सेयर भ्यालु बढेको छ भने ४४ वटा को घटेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३