वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रमा रहेका चुनौतीहरु सबै सरकार र वन मन्त्रालयले समाधान गर्ने बताएका छन् । शुक्रबार वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद नीति कार्यक्रममा बोल्दै उनले वन अतिक्रमण बढ्दै गएकाले समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘वन क्षेत्रमा केही मुख्य चुनौतीहरु छन्, तीमध्ये वन अतिक्रमणको चुनौती बढ्दै गइरहेको छ । वन डढेलोको चुनौती बढ्दै गइरहेको छ । मानव र वन्यजन्तुबीच द्वन्द्वहरु बढ्दै गइरहेको छ । त्यसैले द्वन्द्व साथै चुनौतीहरुलाई क्रमश सरकार र वन तथा वातावरण मन्त्रालयले एउटा योजना नै बनाएर समाधान गर्ने प्रकृया अगाडि बढाइरहेको छ । ’
यस्तै उनले स्थानीय समूदायको सहभागितामा नेपालले जलवायु परिवर्तनको क्षेत्रमा उल्लेखनीय प्रगती गरेको बताए । उनले नेपालले वन क्षेत्र मात्रै नभइ अन्य पारस्थितिक प्रणालीलाई समेत सन्तुलनमा राखेको दाबी गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३