नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आर्थिक र राजनीतिक गतिविधि सही बाटोमा नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा उनले व्यवस्था आफैंमा खराब र असल भन्ने होइन् त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको भन्दै युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘व्यवस्था आफैंमा खराब र असल भन्ने कुरा हुदैँन् । व्यवस्थालाई कसरी सञ्चालन गर्ने भन्ने कुरा हेर्नुपर्छ । हाम्रो आर्थिक अवस्था, राजनीतिक गतिविधिले गर्दा देशमा रोजगारी सिर्जना गर्न सकिरहेका छैनौ ।’ यसको साथै उनले देश आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेको भन्दै यस्तो कृषिले देश विकासमा सहयोग नपुग्ने बताइन् ।
उनले भनिन्, ‘हामी आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेका छौं । व्यवसायिक कृषिमा जान सकेका छैनौ । यसरी नै जाने हो भने हामी कतै पनि पुग्न सक्दैनौ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३