प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमनकालिन न्याय सम्बन्धी विधेयक संसदको आगामी अधिवेसनबाट पास गर्ने बताएका छन् ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफल कार्यक्रममा उनले, टिआरसि विधेयक प्रतिनिधिसभामा पेस भएको र अब एक दुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आउने अधिवेशनबाट नै पास गर्ने बताए ।
उनले भने, ‘हामी टिआरसि सम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर प्रतिनिधिसभामा पेस भएको छ । त्यस सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो राय व्यक्त गर्ने शिलशिला चल्छ भोली त्यसपछि त्यो एक दुई दिनमा पास हुन्छ । र राष्ट्रिय सभामा जान्छ । र मैले हाम्रो कार्यदल बनाउँदा नै भनेको थिए । यही अधिवेशनबाट पास हुन्छ । यही अधिवेशनबाट हामी त्यसलाई पास गर्छौ ।’ उनले अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने जस्ता क्रियाकलापहरु भइरहेको बताए ।
असभ्यताको, असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने खालका अभ्यासहरु पनि भइरहेको उनको भनाई छ । उनले भने, ‘अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने, घृणाको असभ्यताको असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने त्यसप्रकारका अभ्यासहरु भइरहेको छन् ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३