नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचारको विषयमा छानबिन गर्ने हो भने नेकपा एमालेको नेतृत्व सुरक्षित रहने बताएका छन् ।
शुक्रबार नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा एमाले निर्दोष रहेको भन्दै निर्भयताका साथ आफूलाई प्रस्तुत गर्न सक्नुपर्ने बताए ।
उनले भने, ‘हामीले पहिला पनि भन्दै आएका छौं । हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा छानबिन गर्ने हो भने एमालेको नेतृत्व त्यसबाट सुरक्षित हुनेछ । जसले आरोप लगाइ रहेका छन् उनीहरु नै डामिने छन् । यसमा हामीले निर्भयताका साथ आफूलाई प्रस्तुत गर्न सक्नु पर्छ ।’
यसको साथै, उनले मुलुक बनाउनको लागि नेतृत्वलाई स्थापित गर्नुपर्ने भन्दै हाम्रो समाज बनेको नेतृत्वलाई बद्नाम गर्ने कृतिम आरोप लगाउने खालको भएको बताए ।
उनले भने, ‘नेपालका प्रमुख राजनीतिक दलहरु जसले राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व गरेर आए उनीहरुको समय सकियो भन्ने भाष्य खडा गर्ने प्रयास भइरहेको छ । पूरानालाई हटाएर नयाँलाई अवसर दिनुपर्छ भन्दा राम्रो लागेपनि यस्तो दुष्टिकोणको आधारमा कुनै देश बनेको देखिदैँन् । मुलुक बनाउने हो भने नेतृत्वलाई स्थापित गर्नुपर्छ । तर बनेको नेतृत्वलाई बद्नाम गर्ने कृतिम आरोप लगाउने परम्परा छ ।’
नेपालको राजनीतिमा आइरहेका बद्लाव र चुनौतिको बारेमा जुन हिसाबले युवाहरुका बीचमा बहस हुनुपर्ने हो त्यो नभएको भन्दै त्यसको सट्टामा सामाजिक सञ्जालमा आउने दुषित विचारहरुबाट युवा पुस्ता भ्रमित भइरहेको पनि उनको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३