संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।
बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालको हवाई दुर्घटना पछि छानबिन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन् ? त्यसबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।
मन्त्री पाण्डेले भने, ‘छानबिन समिति बन्ने गरेका छन् । बनेका छानबिन समिति कत्तिको सत्य,तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ । उनले अगाडि भने,‘यदि दिएका प्रतिवेदन तथ्य फरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन ?’
उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३