प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कर्भडहलको विस्तार गर्नुपर्ने बताएका छन् ।
बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कर्भडहल हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो खेल प्रदर्शन गरेका छन् । उत्कृष्टता देखाएका छन् । नेपाललाई विश्वमा चिनाएका छन् यो धेरै ठूलो कुरा हो, । हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ । कुनै एउटा उचाई छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन् । थप उचाई छुनको लागि हामिलाई अनुकुलता र सिक्नको लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ । खेलाडी टिमले नै भनेका थिए कि लगातार सिक्नको लागि कर्भडहल आवश्यक छ । हरेक मौसममा पनि सिक्नका लागि कर्भडहल आवश्यक छ तर कर्भडहल छैन ।’
साथै उनले काठमाडौंमा मात्र होइन सबै प्रदेशमा कर्भडहल हुन जरुरी रहेको बताए । उनले जिल्ला जिल्लामा कर्भडहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताए ।
साथै उनले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी विग्रेको बताए । उनले दशरथ रंगशाला जस्तो विग्रेको मैदान कतै नदेखेको जिकिर गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३