काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका प्रहरी र नेपाल प्रहरीले गर्दा सडक व्यवस्थापन गर्न सजिलो भएको बताएका छन् ।
शुक्रबार ३२ औं महानगर प्रहरी दिवसलाई सम्बोधन गर्दै मेयर बालेनले महानगरपालिकामा हुने काममा सबैभन्दा पहिले अग्रपङ्क्तिमा नगर प्रहरीको हात रहेको बताएका हुन् ।
उनले भने, ‘महानगरपालिकामा हुने नीति तथा कार्यक्रमलाई पालना गर्न विभिन्न विभागहरुबाट सहयोग गर्न अग्रपङ्क्तिमा जानुहुने नगर प्रहरीका पदाधिकारीहरु, जवानहरु, उहाँहरुले गर्दाखेरी विभागका सबै कार्यहरु सहज तरिकाले भएका छन् । स्वास्थ्य विभागको स्वास्थ्य औषधि पसलहरुदेखि लिएर विभिन्न अस्पताल क्लिनिकहरु वा खाद्यानको अनुगमनदेखिका सबै विभागका कामहरुको लागि नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ ।’
साथै उनले साउद एसियाको विकास हुँदै गएको देशमा कामहरु गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गरे । उनले कालोपत्रे सडक अतिक्रमणलाई र फुटपातमा व्यवसाय गर्दाखेरीको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौतीहरुको सामना गर्नुपरेको जिकिर गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३