सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन् ।
सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसुचित गर्ने पेशाले नै आफ्नाबारे सुसुचित गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको जिन्दगी एकदमै भयावह अवस्थामा छ । प्राइभेट स्कुलका शिक्षकहरुले कोभिड लागेर स्कुल बन्द भएको ११ महिना भयो, पैसा छैन भनिरहेका छन् । पत्रकारिता क्षेत्र पनि सबैभन्दा बढी जोखिममा छ । आफ्नो अनि परिवारको केही प्रवद्र्धन छैन । दुनियाँलाई सुसुचित गर्ने पत्रकारहरुले आफ्नो लागि सुसुचित गर्न सकेका छैनन् ।’
साथै उनले जोखिममा भएको पत्रकारिता क्षेत्रले मानवतालाई जोगाइ राखेको बताए । उनले पत्रकारितालाई अगाडि बढाउन मन्त्रालयसँगै सिंगो राष्ट्र लाग्नुपर्ने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३