कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् । सोमबार शहरी विकास मन्त्रालयमा कसिंहले तामाङलाई सम्मान गरेका हुन् ।
तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदिमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे ।
‘तपाईंले आफैलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो । मानवीयता देखाउनुभयो । तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उनले भने, ‘ सरकारले अहिले राहत र उद्धारमा काम गरिरहेको छ । घाइतेहरुको उपचारको जिम्मा लिने भनेर घोषणा गरिसकेको छ । घाइतेको उपचारमा सरकारले प्राथमिकताका साथ काम गरिररहेको छ । ’ तामाङले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३