कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले दुई ठूला दल कांग्रेस र एमालको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको भन्ने अभिव्यक्तिमाथि असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार, विस्तृत शान्ति सम्झौताको १८ वर्ष र संक्रमणकालिन न्याय को वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले, सांसद कृष्ण कशोर घिमिरेले सिस्टम र प्रजातन्त्र आइसकेपछि कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भयो भन्ने धारणा राखेको भन्दै असहमति जनाएको हुन् ।
उनले भने, ‘सिस्टम आइसकेपछि प्रजातन्त्र आइसकेपछि कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भयो जस्तो कुरा गर्नुभयो । म यो कुरासँग सहमत छैन् । कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको होइन् । यसको जवाफ उहाँहरुले दिने हो । जे भयो म कसैलाई दोष लगाउने पक्षमा छैन् ।’
मन्त्री चौरसियाले संक्रमणकालीन न्याय सम्बन्धी ऐन जुन संसोधन भएको छ अहिले त्यो द्वन्द्व पीडितमैत्री भएको दाबी गरे ।
उनले भने, ‘संक्रमणकालीन न्याय सम्बन्धी ऐन जुन संसोधनको भएको छ अहिले त्यो द्वन्द्व पीडित मैत्री संसोधन भएको छ । द्वन्द्व पीडितहरुले सहमति नगरेसम्म त्यसलाई टुंगो लगाउन सकिँदैन् ।’
उनले कसले गर्दा द्वन्द्व सुरु भयो भन्ने विषयमा टिकाटिप्पणी गर्नु भन्दा पनि पीडितलाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा एकजुट हुन आवश्यक रहेको बताए ।
यसबीचमा संक्रमणकालीन न्यायको विषयमा सन्तोषजनक काम नभएता पनि धेरै प्रयासका कामहरु भने भएको उनको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३