गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन ।
गृहमन्त्री रमेश लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठूला दलहरु मिलेर समस्या समाधान गरेको बताए । साथै उनले दुई ठूला दल एमाले काँग्रेस मिलेर संविधान बनाएको बताएका छन् ।
‘यो सरकार केही मानिसहरुलाई मन्त्री बनाउन र सरकार बनाउँनका लागि मात्र सरकार बनेको हैन । केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उचिएका हौं । आर्थिक क्रियाकलाप कम्जोर बने । त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौँ । ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलैमध्ये एक नेपाल हो । धेरै संविधान बनाउनु भनेको देश अस्थित हुनु हो । हामी स्थितरका लागि सरकार बनाएका छौं । ’
उनले जनतामा डेलिभरीको समस्या भएको बताए । धेरै विषय गृहमन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताए ।
उनले शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनपर्ने सेवाको स्थिती सुदृढ गर्न कुनैपनि सम्झौंता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
उनले अनुशासन कायम राख्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘लोकतन्त्र भनेको अनुशासनको परिवर्तन हो । अपराधकर्ताको व्यवस्था होइन् ।’ व्यक्तिको चरित्र हत्या गर्ने, जाति धर्म र क्षेत्रको विचमा दोस लगाउने खालको गतिविधीमा केन्द्रित हुनुपर्ने बताए । सरकारको स्थायित्व,मुलुकको स्थायीत्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रीत हुनपर्ने बताए ।
उनले अपराध गर्नेहरु सबै कानुनी दायरामा आउनुर्ने बताए । हाँसेर मात्र सेवा प्रवाह गरेमात्र आधा समस्या समाधान हुने बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३