होटल संघ नेपालले २०८१ माघ २ गते बुधवार काठमाडौंमा नेपाल सत्कार दिवस २०२५ को आयोजना गर्न लागेको जनाएको छ ।
सम्माननीय राष्ट्रपतीज्यूको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस २०८० माघ २ गते काठमाडौंमा आयोजना भएको थियो । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको छ । होटल क्षेत्रले वर्षेभरी भोगेका अवस्थाहरु र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरु सत्कार दिवसमा प्रस्तुति रहनेछन् ।
यस पालिको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल हाेटल एयर बुक २०२५ को विमोचन हुने कार्यक्रम रहेको छ भने सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकहरुलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाहरु प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरुलाई सत्कार स्वरुप प्रस्तुत गरिने पनि संघले जनाएको छ । उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरुद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्षहरु मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ ।
साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पुऱ्याउनु हुने व्यक्तित्वहरुलाई पुरस्कृत गरिने जनाइएको छ । उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गर्नु हुने प्रायोजकहरुदलाई समेत सम्मान गरिने कार्यक्रम रहेको पनि होटल संघ नेपालले जनाएको छ ।
देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३