नारायणपुर – दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना सङक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एकमा कारोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए ।
सङक्रमित हुनेमा पाँच वर्र्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् । शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले बताए । सङक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ । क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटीएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय सङ्क्रमित छन् ।-रासस
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३