बिना काम हिड्ने अटेरी जनता प्रहरीको फलामे ट्रयापमा, एक घण्टा होल्डिङ्ग जोनमा (भिडियोसहित)

बिगेन तुलाधर, काठमाडौ – कोरोना संक्रमितको संख्या काठमाडौँ उपत्यकामा ह्वात्तै बढेपछि जारी गरीएको निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले कार्वाही अगाडी बढाएको छ ।

असन चोकमा बिहानै अति सामान्य काम र बिना काम हिड्डुल गर्ने मानिसलाई प्रहरीले फलामे ट्रयापमा पारेर सडक छेउकै होल्डिङ्ग जोनमा राखेको छ । मानिसहरु मन्दिर दर्शन गर्न समेत र ‘मर्निङ्ग वक’ मा हिडेकासमेत भेटिए ।

अनावश्यकरुपमा हिड्डुल गर्नेलाई प्रहरीले सडक छेउ बनाएको होल्डिङ्ग जोनमा एक घण्टा राखेर छाडेको थियो ।

यस कार्य निषेधाज्ञाको अवधिभर कायम राख्ने प्रहरी निरिक्षक सुधिर राईले जानकारी दिए । बिहानको सवा नौ बजेसम्म खुल्ने भएपनि अनावश्यकरुपमा मानिस हिड्डुल गर्ने कार्यलाई निरुत्साहित गर्न पनि यस कार्यको निरन्तर्ता जरुरी रहेको निरिक्षक राईले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार