काठमाडौँ – कोरोना संक्रमितको संख्या दिनप्रति दिन ठूलो संख्यामा बढिरहेको छ । आइतबार मात्र २४ घण्टामा १ हजार २ सय २१ कोरोनाका संक्रमित फेला परेका छन् । यो संख्या हालसम्म कै धेरै हो ।
काठमाडौँ उपत्यकामा मात्र आज ४ सय २९ कोरोनाका संक्रमित थपिएका छन् । संक्रमितको बढ्दो संख्या देखेर उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् ।
मानिसको दैनिक गतिबिधिसँग जोडिएका कारण बैँकलाई पनि अत्यावश्यक सेवा अन्तर्गत राखिएको छ । दैनिक खुल्ला रहने भएपछि पछिल्लो समय बैँकका कर्मचारीहरु पनि कोरोना संक्रमण देखिने क्रम बढ्दो छ । यसले बैँकमा काम गर्ने कर्मचारीमा पनि तनावको अवस्था श्रीजना भएको छ ।
ग्राहकहरु अति सामान्य काम लिएर पनि बैँकमा आएर भिड गर्ने गरेको एक कर्मचारीले गुनासो गरे । ब्यालेन्स सोध्न मात्र, खातामा रकम हुदा हुदै पनि दैनिक आएर अति कम रकम मात्र निकाल्ने, अति सानो रकम अनावश्यक रुपमा बचतमा जम्मा गर्न आएर भिड बढाउने गरेको पनि उनले गुनासो गरे ।
बैँकका सबै शाखा नखुलेको र खुलेका सिमित शाखामा सेवाग्राहीको अत्याधिक भिड हुने गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७