काठमाडौं – सरकारले दशैंका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । कोभिड महामारी कै बीच सरकारले आगामी कार्तिक १ गतेदेखि शुरु हुने दशैंका लागि १६ सय खसी बोका र १४ सय भेडा च्याङ्ग्राको जोह गर्न लागेको खाद्य तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
कम्पनीले नेपाल कै हिमाली जिल्लाबाट भेडा तथा च्याङ्ग्रा ल्याउने छ भने हेटौडालगायतका तराई तथा पहाडी जिल्लाबाट खसी बोका ल्याउने तयारी थालेको हो । हाललाई सो खरिदका लागि हेटौडा तथा तुलसीपुरबाट ल्याउने तयारी थालिएको हो ।
गत वर्ष ३ हजार २० वटा खसी बोका तथा भेडा च्याङ्ग्रा ल्याएर बिक्री गरेको कम्पनीले यसपाली पनि कृषकको गोठ मै गएर दशैंका लागि आवश्यक पर्ने मासुको जोह गर्ने कम्पनीका प्रवक्ता सर्मिला सुवेदी बताइन् । गत वर्ष कम्पनीले जिउँदो भेडा च्याङ ७४० रुपैयाँ र खसी बोका ५६० रुपैयाँ तोकेको थियो ।
‘खसी बोकाको मूल्य निर्धारण खरिद बिक्रीको आधारमा हुने उनले बताइन् । ‘खरिद गरेको आधारमा भेडा च्याङ्ग्रा तथा खसी बोकाको मूल्य निर्धारण हुने हो,’ उनले भनिन् ‘सम्भवतः गत साल कै मूल्यमा यसापली पनि खसी बोका उपलब्ध हुन्छ होला । चामल र सिमीमात्रै बिक्री गर्दै आएको कम्पनील अबको दशैंमा दाल र चिनी समेत बिक्री गर्ने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३