काठमाडौं – नेपाल राष्ट्रिय व्यावसायीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको ४ महिना लामो पूर्ण लकडाउन र भदौदेखिको जारी निशेधाज्ञाका कारण उद्योग व्यावसायहरु धरायसी बनेको जनाएको छ । सोमबार महासंघले एक विज्ञप्ती जारी गर्दै सरकारले लकडाउन थप्दै जाने र उद्योग व्यावसायीलाई परेको अफ्ठारोको वेवास्ता गर्ने गरेको आरोप लगाएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘संक्रमण फैलिन नदिन सरकारले गरेको ४ महिना लामो पूर्ण लकडाउन र भदौदेखिको जारी निशेषाज्ञाका कारण उद्योग व्यावसायहरु धरायसी बनेको छ । सरकारले लकडाउन थप्दै जाने र उद्योग व्यावसायीलाई परेको अफ्ठारोको वेवास्ता गर्ने गरेको छ । भोको पेटले कति दिन धान्न सकिन्छ र ?’
त्यस्तै, व्यावसायीले लकडाउन र निशेषाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने, व्यावसायीक घरभाडा मिनाहा गर्नुपर्ने, कोरोनाबाट प्रभावित उद्योग व्यापारी बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउनु पर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने र निजी क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उद्योग व्यावसायीहरुको समेत सहभागीतामा सरकारले समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३