काठमाडौँ , ३१ भदौ– सर्वोच्चलगायत देशभरका अदालतबाट दण्ड जरिवाना सुनाइएका १ लाखभन्दा बढी व्यक्ति पक्राउ पर्न बाँकी छन् । हत्या, बलात्कार, ठगी अपहरण, मानव बेचविखन लगायतका फौजदारी मुद्धा ठहर भइ पक्राउ पर्न बाँकी ती व्यक्तिले १ लख १२ हजार वर्षको कैद भुक्तान गर्न बाँकी छ ।
सर्वोच्च, उच्च, जिल्ला अदालतबाट भएका फैसला कार्यान्वयन नहुँदा पक्राउ पर्न लाखभन्दा बढी व्यक्ति तथ्याङ्कमा सीमित छन् ।
अदालतबाट भएको फैसला समयमा कार्यान्वयन हुन नसक्दा समाजमा दण्डहिनता बढ्ने र पक्राउ पर्नेको सङ्ख्या धेरै भएको हो ।
सबैभन्दा धेरै उपत्यकाका तीन जिल्ला र प्रदेश नम्बर २ का जिलमा दण्ड, जरिबाना असुल हुन बाँकी छन् ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले संसदको सुनुवाई समितिमा पेश गरेको कार्यायोजनामा यस वर्षलाई फैसला कार्यान्वयन गर्ने घोषणा गरिसकेका छन् । नागरिक दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७