मंगलबार १७ सयले घटेको सुनको मूल्य आज पनि १२०० ले घट्यो

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मंगलबार सुनको मूल्य १७ सयले घटेर तोलामा ९५ हजार ५ सय रहेको थियो भने आज पनि तोलामा १२०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९० रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार