सुनको मूल्य बिहिबार पनि तोलामा १२०० ले घट्यो

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बुधबार सुनको मूल्य १२ सयले घटेर तोलामा ९४ हजार ३ सय रहेको थियो भने आज पनि तोलामा १२०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार