काठमाडौं – नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जनाएका छन् ।
नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको थियो ।
जनकपुर जयनगर रेलममार्ग तथा रेलगाडीको तयारीपछि रेल्वे कम्पनीले आवश्यक कर्मचारी भर्ना गर्न लागेको हो । महाप्रवन्धक भट्टराईले पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिष्ट प्रकाशन गर्ने, दोश्रो चरणमा अन्तरवार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएका छन् । उनले नातागोता, सोर्सफोर्स, चीनजानका आधारमा छनौट नगरिने दावी पनि गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७