एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वको १० प्रतिशत जनसंख्यालाई कोरोना भाइरसको संक्रमण भइसकेको आँकलन गरेको छ । डब्लुएचओको आकस्मिक निकायका प्रमुखले यस्तो आँकलन गरेका हुन् ।
डब्लुएचओलको ३४ सदस्यीय कार्यकारी बोर्डको बैठकमा डा. माइकल रेनले यस्तो आँकलन गरेको समाचार एजेन्सी एपीले जनाएको छ । उनले गाउँ र शहरमा गरी प्रत्येक १० जनामध्ये एकजना संक्रमित भइसकेको आँकलन गरेका हुन् ।
डब्लुएचओको आँकलन अनुसार विश्वको हालको ७ अर्ब ६० करोड जनसंख्यामध्ये ७६ करोडलाई कोरोना संक्रमण भइसकेको हुनुपर्छ । तर, अहिलेसम्म खुलेको तथ्यांक अनुसार विश्वमा ३ करोड ५४ लाख संक्रमित पत्ता लागेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३