विप्रेषणमा आएको कमीले पनि विपन्न वर्गले तीब्र रुपमा आम्दानी गुमाउने छन् । प्रतिवेदनका सम्बन्धमा प्रतिक्रिया दिँदै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले आर्थिक क्रियाकलाप वृद्धि गर्न नेपालले बढी भन्दा बढी लगानीको वातावरण बनाउनु पर्ने बताउँछन् ।
अनौपचारिक क्षेत्रमा परेको मारले चरम गरिबी बढाउने भन्दै उनले भौतिक पूर्वाधार निर्माण र अनौपचारिक क्षेत्रमा वित्तीय पहुँचले बढावा पाउनु पर्ने बताए ।
विश्व बैंकका अनुसार नेपालमा अनौपचारिक व्यवसायमा करीव ५० प्रतिशत उद्यमी रहेका छन् । उनीहरु नै अधिकांश श्रमजिवीको कमाइका मूख्य स्रोत हुने छ । कोरोनाका कारण शहरी अनौपचारिक क्षेत्रका कामदार र तीनका परिवार सबैभन्दा बढी जोखिममा रहेका छन् ।
ग्रामीण भेगमा भने कम्तिमा खेतपातीका माध्यमबाट समेत निर्वाह चल्ने विश्व बैंकले उल्लेख गरेको छ । अनौपचारिक क्षेत्रलाई तत्काल चलायमान बनाउँदा कोरोना भाइरसको संक्रमण झन् तीब्र रुपमा बढ्ने भएकाले नेपालले दोहोरो संकटको अवस्था भोग्नुपर्ने चेतावनीसमेत विश्व बैंकले दिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले सरकारलाई सर्वव्यापी सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन सुझाव दिएको छ । बढी उत्पादकता, सीप विकास र मानव पूँजीलाई टेवा पुर्याउने नीतिको विकास गर्न समेत बैंकले सरकारको सुझाव दिएको छ ।
यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय वित्त पोषणको सुरक्षाले सरकारलाई पुनरुत्थानका कार्यक्रम अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ । विश्व बैंकका अनुसार कमजोर मुलुकको अर्थतन्त्रलाई गति दिन र नागरिकको जीवनरक्षाका लागि १५ महिनासम्म १ सय भन्दा बढी मुलुकमा अनुदान तथा सहुलियतपूर्ण ऋणका रुपमा १ सय ६० करोड अमेरिकी डलर भन्दा बढी रकम प्रवाह गर्ने नीति लिइएको छ ।