एजेन्सी – उत्तरकोरियामा कोरोना महामारीको कठिनाईका बीच सैन्य उत्सवको तयारी थालिएको छ । कोरोना महामारीका अतिरिक्त गम्भीर आर्थिक प्रतिबन्धहरुको सामना गरिरहेको उत्तरकोरियाको इतिहासमै सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गर्ने तयारी थालिएको हो । उक्त सैन्य परेड त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको ७५ औं वार्षिकोत्वसका अवसरमा आयोजान गरिन थालिएको हो ।
बीबीसीका अनुसार उत्तरकोरियाका लागि पार्टीको वार्षिकोत्वसमा आयोजना हुन लागेको यो सैन्य परेड सैन्य शक्ति प्रदर्शन गर्ने ठूलो अवसर पनि हो र कम्युनिष्ट तागत प्रदर्शन गर्ने अर्को अवसर हो । निकै वर्षअघि देखि अमेरिकासँग टक्कर गर्दै आएको उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा भेटवार्ता भएपनि कुनै सम्झौता भने हुन सकेको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३