सुनको मूल्य फेरी उकालो लाग्ने क्रममा, आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्राबार सुनको मूल्य तोलामा ९४ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार १ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२३५ रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार