काठमाडौं– दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निणर््ाय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ ।
सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत बृद्धि गरेपछि यातायात व्यवसायीले दशैं तिहारका लागि खुलाउने अग्रिम टिकेट बुकिङबारे निर्णय गर्न सोमबार बैठक बोलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार सरकार व्यवसायीबीच सहमति भएपनि यातायात व्यवस्था विभागले भाडा बृद्धि लगायत सहमतिको आधिकारीक पत्र व्यवसायीलाई पठाइनसकेको बताए ।
‘सम्भवत आइतबार बेलुकासम्म पत्र आउला त्यसपछि हामी सोमबार बैठक बसेर निर्णय गर्छौैँ,’ सिटौलाले भने, ‘हामीले पनि तयारीहरु गर्नुपर्ने हुन्छ त्यसैले सम्भवत मंगलबार या बुधबारबाट मात्रै अग्रिम टिकट बुकिङ खुला गर्न सकिन्छ ।’
व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको थियो ।
शनिबार व्यवसायी र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीको भाडा बृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ ।
सरकारले सिफारिस गरेको भाडा आइतबार (असोज ७) देखि नै लागू हुने बताइएको छ । यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति पनि भएको छ छ ।
यसअघि भदौ ३१ गते व्यवसायी र सरकारी पक्षबीच असोज ५ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । तर, असोज १ गते नै पेट्रोलिम पदार्थको मूल्य बढेपछि व्यवसायीले कि मूल्य घटाउनुपर्ने कि भाडा बढाउनुपर्ने भन्दै अग्रिम टिकट बुकिङ खुला नगर्ने चेतावनी दिएका थिए । अघिल्लो सहमतिअनुसार व्यवसायीले ५ गतेबाट अग्रिम टिकट नकाटेपछि सरकार र व्यवसायीबीच ६ गते वार्ता गरेर १० प्रतिशत भाडा बृद्धि गर्ने सहमति भएको हो । सो सहमतिमा व्यवसायी संघ या समितिका रोक्का खाता सञ्चालनबारे पनि विभागलाई छिटो छरितो बनाउन मन्त्रालयले निर्देशन दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३