सुन चाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ – सुनचाँदीको भाउ लगातार दोश्रो दिन ओरालो लागेपछि आज भने स्थिर रहेको छ। बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी भने तोलामा ५ रुपैयाँले घटेर एक हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार