ललितपुर – ललितपुर जिल्लामा आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मको लागि त्यसरी सेवा स्थगित गरिएको जनाएको हो ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुरमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको बताए ।
स्थानीय निकाय र सवै सरोकारवाला निकायसँगको छलफल डिसिसीएमसीले सो निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । ललितपुरमा ‘विद्युत्त, खानेपानी र टेलिकम जस्ता सेवाहरु भने बन्द नहुने भट्टले बताए । शुक्रबार मात्रै ललितपुरमा तीन सय ७४ जना नयाँ संक्रमित थपिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३