एजेन्सी – अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रयाट उम्मदेवार जोय वाइडेनको जीत सुनिश्चित भएको छ । उनले मतगणना अन्तिम चरणमा पुग्दा तीनवटा महत्वपूर्ण राज्यहरुमा अग्रता लिएपछि जीत सुनिश्चित भएको हो ।
यसअघि ट्रम्पले अग्रता लिएका जर्जिया र पेनसिल्भानियामा पनि वाइडेन अघि बढेका छन् । ती राज्यहरुमा जित हासिल गरेमा वाइडेनले आवश्यक २ सय ७० इलेक्ट्रोरल मत पाउनेछन् । अब ट्रम्पका लागि अदालत मात्र सहारा बनेको छ । उनले खामबन्दीबाट पठाइएका मतलाई अवैध दाबी गरेका छन् । ती मतका कारण वाइडेन अघि बढेका हुन् ।
फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन् । जर्जिया राज्यमा वाइडेन विजयी भएमा ट्रम्प राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोरल मत पाउने सम्भावना समाप्त हुने अवस्था छ । उक्त राज्यको मतभार १६ इलेक्ट्रोरल छ । अब वाइडेनलाई चुनाव जित्न मात्र ६ इलेक्ट्रोरल मत आवश्यक छ । पछिल्लो अवस्थामा वाइडेन नेभेडामा पनि अगाडि छन् । त्यहाँ उनलाई आवश्यक पर्ने ६ इलेक्ट्रोरल मतभार छ । १५ इलेक्ट्रोरल मतभार रहेको नर्थ क्यारोलिनामा ट्रम्प वाइडेनभन्दा केही हजार मतले मात्र अगाडि छन् ।
२० इलेक्ट्रोरल मतभार रहेको पेनसिल्भानियामा ट्रम्प पछि परेका छन् । यसरी जर्जिया, पेनिनसेल्भानिया र नेभेडाले ट्रम्पको दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सपना चकनाचुर पार्दैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३