न्यूयोर्क, कार्तिक २३ । जोसेफ रोविनेट वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । त्यस्तै, कमला ह्यारिस अमेरिकी इतिहासमै पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएकी छन्।
आगामी जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा निर्वाचित दुबै जनाले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनेछन्। वाराक ओबामाको कार्यकालमा वाइडेन उपराष्ट्रपति रहेका थिए ।
७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी भएका हुन् । कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला हुन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३