काठमाडौँ – अवैधानिक रुपमा बस्ने विदेशी श्रमिकको समस्या विगत लामो समययता खेपिरहेको मलेसिया त्यसरी बस्नेहरु प्रति आक्रामक देखिएको छ । पछिल्लो समयमा आफ्नै नागरिकलाई रोजगारीमा प्राथमिकतामा राखेको मलेसियाले कोरोना भाइरस (कोभिड–१९) को समस्या सुरु भएयता मात्र अवैधानिक रुपमा बस्दै आएका ३१ हजार भन्दा बढीलाई पक्राउ गरी स्वदेश फर्काएको छ ।
मलेसियाका रक्षामन्त्री ईस्मेल साब्री याकोबका अनुसार गत नोभेम्वर ५ सम्ममा स्वदेश फर्काइनेहरुको संख्या ३१ हजार २ सय ८२ रहेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यसरी स्वदेश फर्काइएकाहरु मधये ३ सय ९७ जना नेपाली रहेका छन् । स्वदेश फर्काइएकाहरुमा सवैभन्दा ठूलो संख्या ईण्डोनेशियाली नागरिकको रहेको छ । ईण्डोनेशियाका १४ हजार ७२ जना स्वदेश फर्काइएका हुन् ।
यसैगरी बंगलादेशका ४ हजार ५ सय ५१ जना रहेका छन् भनें त्यसपछि म्यानमार, थाईल्याण्ड, भारत, चीन, पाकिस्तान र भियतनामका नागरिक रहेका छन् । कागजातविहिन ति श्रमिकलाई पक्राउ गर्न विभिन्न सुरक्षा निकाय परिचालन भएको मन्त्री याकोबले बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३