निरन्तर उकालो लागेको सुनको मूल्य आज ह्वात्तै घट्यो

काठमाडौं – नेपाली बजारमा केहि दिन देखि निरन्तर उकालो लागेको सुनको मूल्य आज ह्वात्तै घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१५ रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार