एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचनमा जोय वाइडेनलाई जितको बधाई मिलिरहेको छ । उनलाई विश्वभरका नेताहरुले जीतको बधाई दिइसकेका छन् । तर, पराजित भनिएका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प आफू जित्नेमा अझै विश्वस्त छन् ।
ट्रम्पले सार्वजनिक रुपमा अभिव्यक्ति दिदै निर्वाचनमा विजयी घोषित हुनेमा विश्वस्त रहेको संकेत गरे । उनले भने, कहिले मेरोविरुद्ध बाजी मार्न नआऊ ।
ट्रम्प पराजित भएको भनिएका राज्यहरुमा पुनः मतगणना गर्दा जित्ने दाबी गरे । विस्कनसिन र एरिजोनामा पुनः मतगणना गर्दा जित्ने ट्रम्पको दाबी छ । उनले जर्जियालगायत राज्यहरुमा पनि जित्नसक्ने विश्वास व्यक्त गरे ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले मतगणनामा गडबडी भएको र खामबन्दी मतपत्रमाथि प्रश्न गरेका छन् । उनले अदालती प्रक्रिया पनि चालेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३