आज पनि घट्यो सुनको मूल्य

काठमाडौं  केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार