काठमाडौं – ज्योति ग्रुपले जिएफपिएलसँग साझेदारी गरी नेपालमा“द ब्रुकलेन क्रिमरी”लाई लन्च गरेको छ । यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो जसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ ।
सन् २००७ मा सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. बाट खाद्य उद्योगमा ज्योति ग्रुपले उक्त कम्पनीमार्फत वर्षौंदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । नेपालभर तिव्र गतिमा आफ्नो डिस्ट्रिब्यूसन च्यानल र अफिसहरु विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाईमा पुर्याउनको लागि हस्पिटालिटी र रिटेल क्षेत्रका दक्ष तथा समर्पित टीमको साथ रहेको छ ।
ज्योति ग्रुपका प्रवन्धक सौरभ ज्योति, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठका साथै ज्योति ग्रुपका टीमको उपस्थितिमा यही मंसिर ७ गतेका दिन, काठमाडौंमा द बु्रकलेन क्रिमरीलाई लन्च गरिएको हो । यसै लन्चइभेन्ट मार्फत भिगन आइसक्रिम, चकलेट बारस्, फ्रुट बारस् र आइसक्रिमहरुका विभिन्न प्रकारहरु लन्च गरिएको थियो ।
हालको समयमा द ब्रुकलेन आइसक्रिमहरु अनलाइनमार्फत बिक्री भइरहेको र आउँदो समयमा नेपालका विभिन्न आउटलेटहरुबाट यसको बिक्री वितरण गरिने ज्योती ग्रुपले जानकारी दियो । दुई साइजमा उपलब्ध यस आइसक्रिमको मूल्य रु. २२५ (१०० एमएल) र रु.७७५ (४५० एमएल) रहेको छ । +९७७-९८०११५१५९५ माकल गरी कमल्यालोरी युक्तआइसक्रिम अर्डर गर्न सकिने पनि ज्योती ग्रुपले जानकारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३