काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा रोक्न माग गर्दै दायर भएको रीटमा सर्वोच्च अदालतले साधारणसभा रोक्न अस्वीकार गरेको छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधानविपरीत रहेको भन्दै रोक्न माग गर्दै रीट दायर गरेका थिए । साहले महासंघको साधारणसभा र निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, त्यसमाथि सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च गएका थिए ।
अदालतले साधारणसभाकै दिन (बिहीवार) उक्त रीटको पेशी तोकेको थियो । रीटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले साधारणसभा रोक्न अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३